चैत १७ मा ‘प्रेमा’

फिल्म। निर्देशक गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म ‘प्रेमा’को फस्टलुक सार्वजनिक गरिएको छ । बाघठाटा फिल्म फ्याक्ट्रीको व्यानरमा निर्मित चैत १७ बाट प्रदर्शनमा आउने फिल्ममा अरुण क्षेत्री, शुभेच्छा खड्का र सृष्टि श्रेष्ठको अभिनय रहेको छ। फिल्म यी तीनमै केन्द्रीत छ।

निर्देशक भण्डारीले फिल्मले त्रिकोणात्मक प्रेमकथामा केन्द्रित रहेको जनकारी दिए । ‘मञ्जरी’, ‘लभ यू बाबा’, ‘हैरान’, ‘मेरो पैसा खै’, ‘गाँजाबाजा’ र ‘चिनी कम रङ कडा’ जस्ता फिल्ममा सह निर्देशकका रुपमा काम गरेका निर्देशक भण्डारीको पूर्ण निर्देशकीय डेब्यू फिल्म ‘रणवीर’ हो । फिल्म ‘प्रेमा’ काठमाडौं, धनगढी र कर्णालीमा सुटिङ गरिएको हो । फिल्ममा विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु)कोसमेत अभिनय छ ।

सामर्थ विक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको सङ्गीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, अमिषा शाहीको मेकअप, मेघराज पौडेलको प्रोडक्सन, डुकराज घिमिरेको कला, कृष्णबहादुर थापाको सहायक छायांकन, कुलदीप शर्मा, जगदिश न्यौपाने र अनुप केसीको सहायक निर्देशन छ ।

फिल्ममा चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर र ५.१ मिक्सिङ, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, रिवाज कार्की र गडरेज पिक्चरको भीएफएक्स, कृष्ण भण्डारीको सम्पादन तथा रंग संयोजन र महेश पौडेलको डीओपी छ । फिल्मलाई उपत्यकामा जीजीए ग्रुप र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछ ।

कमेन्ट गर्नुहोस्