संगीत । गायिका मिलन नेवारको नयाँ म्युजिक भिडियो ‘जोडी मिलाइदेउ’ सार्वजनिक गरिएको छ । हरितालिका तीजलाई लक्षित गर्दै गायिका नेवारको स्वर रहेको गीतलाई सार्वजनिक गरिएको हो । प्राय आधुनिक तथा फिल्मी गीतमा सुनिने मिलन तीज गीतमा उत्तिकै फिट छिन् ।
गीतमा राजनराज शिवाकोटीको शब्द र संगीत रहेको छ । गीतको भिडियोमा करुणा श्रेष्ठ फिचर्ड छिन् । गीतमा राजेश पुमा राईको निर्देशन ,उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन र सन्तोष राजबहाकको कोरियोग्राफी रहेको छ ।
कमेन्ट गर्नुहोस्










