फिल्म । फिल्म ‘दयारानी’को ट्रेलरमा अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन नि:सन्तान दम्पति देखिएका छन् । यद्यपि डाक्टरले दयाको कारण बच्चा नहुने भनेता पनि उनले त्यो दोष श्रीमतीलाई दिन्छन् । त्यसपछि आउने उतारचढाव नै फिल्मको कथा हो । कलाकार माओत्से गुरुङ यसै फिल्ममार्फत निर्देशनमा डेब्यु गर्दैछन् ।
लाहुरे परम्पराको पारिवारिक विरासत नसमातेर फिल्मतर्फ होमिएका गुरुङले यस फिल्मले अहमता बोकेको पुरुषलाई आत्मसमीक्षा गराउने बताए । ‘हाम्रो समाजमा केही पुरुषहरू यस्ता छन्, जसले आफ्नो कमजोरीको दोष पनि अरूलाई लगाउँछन् । यो फिल्मले जीवनको अन्तिमसम्म पनि आफ्नो कमजोरीलाई आत्मसाथ गर्न नसक्ने पुरुषको मनोवृत्तिलाई प्रस्तुत गर्दछ’, उनले भने । फिल्मको आइतबार पोखरामा प्रिमियर गरिएको छ ।
कमेन्ट गर्नुहोस्












