सुजन र झुमाले सुनाए ‘काफ्ले’ गीत

फिल्म । वैशाख २६ गतेदेखि विश्वव्यापी रिलिज हुने फिल्म ‘ऊनको स्वीटर’ को ‘काफ्ले’ शीर्षकको सार्वजनिक गरिएको छ । मङ्गलवार काठमाडौंको बिग मुभिजमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको यस गीतले फिल्मको यथार्थवादी स्वाद प्रस्तुत गर्छ । गीत सार्वजनिक गर्नु अगाडि गायक सुजन चापागाई र गायिका झुमा लिम्बूले गीत प्रत्यक्ष सुनाएका थिए । यसमा युवराज काफ्लेको शब्द, झुमा लिम्बुको सङ्गीत रहेको छ ।

गीत सार्वजनिक समारोहमा चलचित्रका निर्देशक नवीन चौहानले ‘काफ्ले’ शब्द केवल गीतको शीर्षक नभई समाजको एउटा प्रतिबिम्ब भएको बताए । उनले भने,’हामी जुन सपना बोकेर पाँचथर गएका थियौँ, आज त्यो सपना पुरा हुन लागेको छ । गीतलाई हामीले यथार्थपरक शैलीमा प्रस्तुत गरेका हौँ । उनका अनुसार अभिनेता विपिन कार्कीले ‘धरणीधर काफ्ले’ को भूमिका निर्वाह गरेका छन्, जसका लागि काफ्ले थर हुनेहरूको संस्कृतिको अध्ययन एवं अनुसन्धान समेत गरिएको थियो ।

अभिनेता विपिन कार्कीले फिल्ममा काम गर्नु रमाइलो अनुभव भएको बताए । अभिनेत्री मिरुना मगरले यस गीतसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गरिन् । अभिनेता विल्सन विक्रम राईले ‘ऊनको स्वीटर’को अभिनय समयलाई आफ्नो ‘लक्की टाइम’को रूपमा चित्रित गरे । अर्का अभिनेता एलेक्स पारसले आर्टमाण्डू टिमप्रति कृतज्ञता व्यक्त गरे ।

कमेन्ट गर्नुहोस्