नेपाल आइडलबाट अमित आउट

संगीत । पछिल्लो समय चर्चामा रहेको गायन रियालिटी शो ‘नेपाल आइडल सिजन २’ बाट अमित बराल बाहिरिएका छन् । टप ५ मा रवी उध , अस्मिता अधिकारी , बिक्रम बराल , सुमित पाठक , अमित बराल रहेका थिए । शुक्रबार प्रशारण भएको शो बाट अमित बाहिरिएका हुन् । पछिल्लो समय जजको वाहवाही पाइरहेका अमित भोटकै कारण आउट भएको प्रतिक्रिया उनका फ्यानबाट आइरहेको छ । अमितलाई जजहरुले भविष्य उज्वल रहेकोले सतमार्गमा लाग्न सल्लाह दिएका छन् । अमितले पनि आफ्नो पहिचान स्थापित गर्ने नेपाल आइडललाई धन्यवाद दिए । ‘मेरो पहिचान बनाइदिनु भयो म नेपाल आइडल प्रति आभारी छु’ उनले भने ‘आउदा दिनमा जज र मेरो प्रसंसकले गर्नु भएको भरोसालाई टुट्नु दिनेछैन ।’

कमेन्ट गर्नुहोस्