फिल्म । गतवर्ष चीनको वुहान सहरमा डिसेम्बर अन्तिममा कोरोना भाइरस (कोभिड १९) को पहिलो संक्रमितको मृत्यु भएको थियो । त्यसपछी यो महामारीलाइ लिएर बेलामै सजगता नअपनाउदा अहिले विश्वका अधिकांस देशमा कोरोना भाइरसको संक्रमित छन् । सरकारसँगै देशका व्यवसायी , समाजसेवी , कलाकारहरुले सहयोग गरेर संक्रमण कम गर्ने प्रयास गरिरहेका छन् ।
यसैक्रममा हलिउड नायिका जेनिफर एनिस्टनले भने कोरोना भाइरसविरुद्ध सहयोग रकम जुटाउन अनौठो घोषणा गरेकी छन् । उनले सहयोग रकम जुटाउन आफ्नो नग्न तस्बिर लिलाम गर्ने घोषणा गरेकी छिन् । तस्बिर लिलामीबाट जति रकम हात पर्छ, त्यो कोरोना भाइरससँग लड्न प्रदान गरिने नायिका जेनिफरले बताएकी छन्। तस्बिरको मूल्य ६५ हजार डलर राखिएको छ। सामाजिक सञ्जाल इन्स्टाग्राममा जेनिफरको अभिव्यक्ति छ, ‘मेरो एक साथी मार्कले २५ वटा तस्बिर लिलामी गर्ने निर्णय गरेका छन् । यी तस्बिरमध्ये मेरो पनि एउटा तस्बिर छ । आर्थिक रूपमा कमजोर वर्गका लागि निःशुल्क कोरोना भाइरस परीक्षण र उपचारको सुविधा दिइरहेको संस्थालाई यो रकम दिइनेछ। (एजेन्सी)









