‘मिस युनिभर्स नेपाल’ मा आश्मा

सौन्दर्य । नेपालमा जारी ‘मिस युनिभर्स नेपाल’ प्रतियोगितामा अष्ट्रेलिया स्थित एडिलेडकी आश्मा केसीले पनि प्रतिस्पर्धा गर्दैछिन् । मिस युनिभर्स नेपाल २०२२ मा आफ्नो यात्राको प्रतिक्षामा रहेकी आश्मा नेपाल सरकारको पर्यटन तथा होटल व्यवस्थापनको शिक्षालय नाथमबाट हस्पिटालिटी एडमिनिस्ट्रेशनमा प्रथम श्रेणीको बिएचएम (ऑनर्स) डिग्री लिएर विश्वव्यापी स्तरमा आतिथ्यताको सम्भावनालाई थप अन्वेषण गर्न प्रेरित रहेकी छन् ।

एडिलेडको इन्टरनेशनल कलेज अफ होटल म्यानेजमेन्ट (आईसीएचएम)मा अध्ययन गरेकी उनले पछिल्ला तीन वर्ष पर्यटन तथा होटल म्यानेजमेन्ट क्षेत्रमा काम गर्दै अनुभवहरू संगाल्दै आएकी छिन् । हाल सामाजिक संस्थाहरु मार्फत क्रियाशिल रहेकी आश्मा आफ्नो समय पेशा समाजसेवा बाहेक, आशमा आफ्नो जोशलाई जीवित राख्न मोडलिङ र फेसनजस्ता रुचिका कामहरुमा पनि व्यस्त छिन् । मिस युनिभर्स नेपालको मञ्चलाई दिनदुखी र समस्यामा परेका मानिसहरूको आवाज बन्नुका साथै ती विपन्न मानिसहरूलाई सम्मान, समावेशी र छनोटको स्वतन्त्रताको साथ जीवन बिताउन सहयोग गर्न सहयोग गर्न उपयोग गर्ने बताइन । मिस युनिभर्स नेपाल जितेर मिस युनिभर्सको अन्तर्राष्ट्रिय मञ्चमा पुग्न सफल भएमा नेपाललाई विश्वमा चिनाउने अभियानकर्ताको रुपमा विशेष सहयोगको आवश्यक भएका व्यक्तिहरुको आवाज बुलन्द पार्ने बताउँछिन ।

कमेन्ट गर्नुहोस्