पहिलो दिन : ‘२.०’ को कमाइ कति ?

फिल्म । फिल्म ‘२.०’ को चर्चा बढ्दो छ । फिल्म कस्तो छ भन्ने मात्र होइन फिल्मले कति कमायो भन्ने जिज्ञाषा पनि सबैलाई छ । किनकी यो एसियाकै दोस्रो महँगो फिल्म हो । एस शंकरको निर्देशनमा तयार भएको फिल्ममा रजनिकांत , अक्षय कुमार र एमी ज्याक्सन मुख्य भूमिकामा छन् । फिल्मले पहिलो दिन बलिउड टेरिटोरीमा भने २० करोड २५ लाखको नेट कमाइ गरेको छ । यसलाई भारतीय ट्रेड एनालिस्टले प्रस्ट्याएका छन् ।

फिल्मले हिन्दी भर्जनमा गरेको कमाइ मात्र नभई साउथ र विदेशमा पनि उतिकै राम्रो कमाइ गरेको छ । पहिलो दिन यसले १०० करोड भन्दा बढीको कलेक्सन गरेको अनुमान गरिएको छ तर तथ्यांक भने सार्वजनिक भईसकेको छैन । १ हजार ७९ दिन लगायाएर तयार गरिएको फिल्मलाई भारतले गर्व गर्नु पर्ने दर्शकले बताएका छन् । फिल्ममा अक्षय कुमार भाडभैलो ल्याएपछि नष्ट गरिएको चिटी डाक्टर वसिकरणले फेरी तयार गर्छन , त्यसपछिका दृश्य मन मोहक छन् । फिल्ममा एमी पनि रोबर्टको भूमिकामा छिन ।

(एजेन्सी सहयोगमा)

कमेन्ट गर्नुहोस्