‘कन्टेन कि स्टारडम ?

फिल्म । पछिल्लो समय निर्देशनमा प्रदीप भट्टराई खोजिने पहिलो नाम बनिसकेका छन् । मह संचारमा काम गरेको डेढ दशकको अनुभव संगालेर ‘जात्रा’ मार्फत फिचर फिल्ममा डेब्यु गरेका प्रदीपले सफलतामा ह्याट्रिक गरेका छन् । जात्रा मार्फत आफ्नो क्षमतालाई प्रदर्शन गरेका प्रदीपले दोस्रो फिल्म शत्रु गतेमा आफुलाई बक्स अफिसमा प्रमाणित गरे । यिनै प्रदीप निर्देशित तेस्रो फिल्म ‘जात्रै जात्रा’ ले समिक्षक र दर्शकबाट ‘उत्कृष्ट’ फिल्म भन्ने प्रतिक्रियाका साथ् ५१ औ दिने यात्रा तय गर्दैछ । पछिल्लो समय उनिसंग काम गर्न नचाहने निर्माता तथा कलाकार कमै होलान् ।

भुवन केसी जस्ता पुराना मेकर तथा अभिनेताले पनि उनलाई फिल्म अफर गरिसकेका छन् । उनले अनमोल केसीलाई लिएर रककम बनाउन आग्रह गरिसकेका छन् । बढ्दो अफरका कारण प्रदीपले अत्तालिएर काम गर्न नहुने प्रतिक्रिया पनि आइरहेका छ । सोसल मिडियाको कमेन्ट हेर्ने हो भने , उनलाइ स्टारडमको पछाडी नलागी आफ्नै शैलीमा काम गर्न धेरैले सुझाएका छन् । यिनै प्रदीपले स्टारडम बोकेका पछिल्लो समयको दुइ कलाकार अनमोल केसी र पल शाहको बारेमा आफ्नो प्रतिक्रिया दिएका छन् । कन्टेन मार्फत दर्शकको मनमा बस्न सफल प्रदीपले स्टारडम चाहिने बताए ।

‘अनमोलले एक्लैले हलसम्म भिड तान्न सक्छन् , यो हाम्रो लागि खुसिको कुरा हो’ उनले भने ‘कन्टेन त मेकरले दिने हो तर स्टार पावरले हल तान्न सक्ने कलाकार चाहिन्छ ।’ उनले पछिल्लो फिल्म ‘शत्रु गते’ मा काम गर्दा पलको स्टार पावरलाई नजिकबाट देखेको बताए । ‘विरगंजमा छायांकन गर्दा नै एक दिन उहालाई भेट्ने सुमोमै मान्छे आए’ उनले सम्झिए ‘कयौ पटक भिडलाई पन्छ्याउदै हामीले छायांकन गरेका थियौ ।’ उनले अनुहारकै भरमा हलसम्म दर्शक तान्न सक्ने स्टार निकै खाचो रहेको समेत औल्याए । उनले भने ‘कन्टेन र स्टारडम भए सुनमा सुगन्ध ।’

कमेन्ट गर्नुहोस्