हेर्नुस् ‘काले दाई’ ट्रेलर (भिडियो)

फिल्म । नेपाली फिल्म ‘काले दाई’ को ट्रेलर सार्वजनिक भएको छ । आउँदो विजयादशमीको अवसर पारेर असोज १७ मा रिलिज हुने फिल्मको सार्वजनिक ट्रेलरमा कथासार बताइएको छ । शिव शर्मा निर्देशित फिल्म नौधारे फिल्म प्रोडक्सन र रामजाली प्रोडक्सनको ब्यानरमा निर्माण भएको हो । यसमा सम्शेर गुरुङ र ईन्द्र रामजालीको लगानी छ।

फिल्ममा ईन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतको अभिनय रहेको छ । यसको कथा ईन्द्र रामजाली र किशन अर्यालले लेखेका हुन् । यसमा पवन गौतमको छायांकन, कुमार महर्जनको द्धन्द्ध, रामजी लामिछानेको कोरियोग्राफी तथा तारा थापा ‘किम्भे’को सम्पादन छ ।

कमेन्ट गर्नुहोस्