सानो मन’ शिर्ष गीत रिलीज

फिल्म । आयुष्मान डिएस जोशी र शिल्पा मास्के स्टारर फिल्म ‘सानो मन’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । असार २० मा प्रदर्शन हुने फिल्मको सार्वजनिक गीतले कथासारलाई बोकेको छ । गीतमा आयुष्मान र शिल्पाको प्रेम झल्किन्छ ।

यसमा सुयोग सोताङ्गको संगीत रहेको छ भने रोहित जोन क्षेत्रीको स्वर तथा स्वप्निल शर्माको शब्द छ । गीत ट्रेण्ड भन्दा केहि बाहिर रहेको संगीतकार सुयोगले बताए । ‘गीत चल्तिको भन्दा अलिक फरक बनाएका छौँ, जसले नेपाली फिल्ममा आईरहेका प्रेमगीतहरु भन्दा फरक स्वाद दिन्छ’सुयोगले भने । यसका निर्देशक सुयोग गुरुङ्गले गीत फिल्मको कथासँग नजिक रहेको बताए ।

‘युवा युवतीबीच नौलो प्रेम हुँदाको क्षणहरु झल्किने यो गीत युवा युवतीको वास्तविकताको नजिक रहेको छ’ डेब्यु निर्देशक सुयोगले भने । फिल्ममा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि यसमा अभिनय छ ।

ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो फिल्म निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन् ।

समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको फिल्ममा आलोक शुक्लले छायांकन गरेका छन् ।काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन् । रित बोहरा मुख्य सहायक निर्देशक हुन् प्रोडक्सन डिजाइनर यम ओली हुन् । फिल्मको कला निर्देशक रबिनकाजी शाक्य हुन् भने मेकअप आर्टिस्ट श्रद्दा मास्के र कृति जोशी हुन् ।

कमेन्ट गर्नुहोस्