चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षमा सहसचिव शर्मा

फिल्म । सूचना तथा सञ्चार मन्त्रालयले सहसचिव रविलाल शर्मालाई नयाँ अध्यक्ष नियुक्त नभएसम्म चलचित्र विकास बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ ।

मन्त्रालयका सूचना अधिकारी रविन्द्र पौड्यालका अनुसार मंगलबारको मन्त्रिस्तरीय निर्णयबाट शर्मालाई बोर्डको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो । शर्माले बुधबारदेखि बोर्डको कार्यभार सम्हालेका छन् ।

पौडेलका अनुसार बोर्डको अध्यक्ष नियुक्तिका लागि प्रक्रिया चाँडै अघि बढाइनेछ । सचिव बाहिर रहेको तथा बाढीलगायतका कारणले केही ढिला भएको जानकारी दिँदै उनले खुला प्रतिस्पर्धाबाट अध्यक्ष नियुक्त गर्ने प्रक्रिया सुरु हुने बताए ।

यसअघि ११ भदौमा दिनेश डीसीको कार्यकाल सकिएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पद रिक्त रहेको थियो । शर्मालाई नयाँ अध्यक्ष नियुक्त नभएसम्मका लागि कार्यवाहक जिम्मेवारी दिइएको हो ।

कमेन्ट गर्नुहोस्