‘बगान’ लाई पलको शुभकामना

फिल्म । अभिनेता सरोज खनालको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘बगान’ असार २९ बाट प्रदर्शन हुँदैछ । अभिनेत्री करिश्मा मानन्धरलाई एकल महिलाको रुपमा चित्रण गरिएको चलचित्रमा एकल महिलाका इच्छा, चाहना, उनलाई परिवारले गर्ने व्यबहार इत्यादिलाई प्रस्तुत गरिएको छ । यसलाई गीतकार सुरेश वाग्लेले निर्माण गरेका हुन् । यसै चलचित्रमार्फत निर्देशनमा कलाकार सरोज खनाल डेब्यु गर्दैछन् ।

फिल्मको सार्वजनिक टिजर र त्यसमा राखिएका संवाद दर्शक माँझ लोकप्रिय भइरहदा अभिनेता तथा मोडल पल शाहले शुभकामना दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत टिजर मन परेको प्रतिक्रिया सहित शुभकमना दिएका हुन् । निर्माता वाग्लेले पललाई धन्यवाद दिए ।

‘कलाकारितामा तीन दशक भन्दा बढी समय विताईसकेका सरोज दाईलाई पलले शुभकामना दिनु हार्दिकता छ । किनकि एउटा कलाकार निर्देशक बन्दै हुनुहुन्छ’, निर्माता वाग्लेले भन्नुभयो । उनले सरोज दाई निर्देशनमा डेब्यु गर्ने र करिश्मा दिदी निर्मात्रीमा रहने भएपछि आफू निर्माताको रुपमा डेब्यु गरेको जानकारी दिए ।

यसमा एकल महिलाको भूमिकामा प्रस्तुत करिश्माले आफ्नो न्यायोचित भूमिका रहेको बताउदै आएकी छिन् । ‘मैले चाहेको भूमिका गर्न पाएकी छु । यसलाई दर्शकले सम्झिने पात्रको रुपमा तयार गरेकी छु’, करिश्माले भनिन् ।

चलचित्रमा सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नव अभिनेत्री प्रमिला कार्की, नीर शाह, बसुन्धरा भुषाल र मिथिला शर्मालगायतका कलाकारले अभिनय गरेका छन् । स्वप्न नीरवको कथामा आधारित रहि बनेको यो चलचित्रमा नेपाली वेबसाइट डटकमको प्रस्तुती रहेको छ ।

कार्यकारी निर्माता विनोद मानन्धर रहेका चलचित्रमा गौरीशंकर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायांकन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन, समिर मियाँको भि.एफ.एक्स. तथा रेनिश फागोको कलर करेक्शन रहेको छ । ब्याकराउन्ड स्कोर सुजिल कर्माचार्य र साउन्ड मिक्सिंग मुकेश शाहको रहेको छ ।

यो चलचित्र नेपाल र अमेरिकासहित नेपालीको बसोबास रहने विभिन्न देशहरुमा फिल्म प्रदर्शन गर्ने योजनामा निर्माण टिम छ । ‘बगान’को वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका र बाहिर एफडी कम्पनीले गर्दैछ । रिच इन्टरटेन्मेन्टका करण श्रेष्ठले चलचित्र प्रदर्शनको लागि आवश्यक तयारी पुरा भईरहेको जानकारी दिए ।

कमेन्ट गर्नुहोस्