फिल्म । बलिउडमा अभिनेता सलमान खानलाई स्थापित गर्ने श्रेय जान्छ , राजश्री प्रोडक्सनलाई । सुरज बड्जात्याको डेब्यु फिल्म ‘मैने प्यार किया’ मार्फत नै सलमानले बलिउडमा हिरोको रुपमा पाइला टेकेका थिए । यो फिल्मको सफलतासंगै राजश्री स्थापित मात्र भएन , सलमान पनि स्थापित भए । त्यसो त सुरजले पनि यसै फिल्मबाट आफुलाई स्थापित गरे । त्यसपछि बलिउडमा फ्यामिली ड्रामा फिल्म बनाउने श्रेय गयो , राजश्री प्रोडक्सनलाई ।
यतिबेला सुरजका छोराले बलिउडमा निर्देशकको रुपमा डेब्यु गर्दैछन् । उनको डेब्युमा सलमानले सघाउने वाचा गरेका थिए । त्यसैले सुरजका छोरा देवांश बड्जात्याको फिल्ममा सलमानले अभिनय गर्ने चर्चा बि-टाउनमा राम्रै थियो । तर, देवांशले आफ्नो डेब्यु फिल्ममा कार्तिक आर्यनलाई लिने सोच बनाएको खबर बलिउडमा हुन् थाल्यो । उनले पछिल्लो समय युवापुस्ता माँझ हिट भईरहेका कार्तिक आर्यनसंगै डेब्यु फिल्ममा काम गर्ने सोच बनाएको खबर आयो । तर , यी खबर झुट रहेको राजश्री प्रोडक्सनका एक सदस्यले बताएका छन् ।
सलमानलाई आफ्नो व्यानरको फिल्ममा देखेर ठुला भएका देवांशले डेब्यु फिल्मको तयारी थालेका मात्र छैनन् , उनले सालमानलाइ नै हिरो मानेर स्क्रिप्ट समेत तयार गरिरहेका छन् । ‘देवांशको डेब्यु सलमानसंगै हुन्छ’ राजश्रीका एक सदस्यले भने । पारिवारिक फिल्म बनाउदै आएको यो प्रोडक्सन हाउसले सलमानलाई लिएर त्यस्तै किसिमको फिल्मको तयारी थालेको हो । पछिल्लो समय दर्शक पनि सलमानलाई प्रेमको अवतारमा हेर्न चाहन्छन । (एजेन्सी)











