‘विहानीको मिर्मिरेमा’ उषा र सुधिर (भिडियो)

संगीत । प्रमोद खरेलको स्वरमा नयाँ गीत ‘विहानीको मिर्मिरेमा’ सार्वजनिक भएको छ । यस गीतमा दिपक शर्माको संगीत तथा ज्ञानेश्वर तिवारीको शब्द रहेको छ । सार्वजनिक गीतको भिडियोलाई अम्बिका अधिकारी तिवारीले निर्माण गरेकी छिन्, जसमा सुधिर श्रेष्ठ र उषा उप्रेतीको अभिनय रहेको छ । फिल्म निर्देशक तथा कोरियोग्राफर रामजी लामिछानेको निर्देशनमा तयार भिडियोमा आशुतोष अधिकारी, एसोसिएट निर्देशक, मिलन श्रेष्ठ र शाहील खान सम्पादन,मानकृष्ण महर्जन छायाँकन रहेका छन् ।

ज्ञानेश्वर तिवारीले यस अघि मन पराएँ तिमीलाई सार्वजनिक गरेका थिए । अमेरिका बसोबास गरिरहेता पनि नेपाली गीत संगीतमा आफ्नो उपस्थिति जनाई रहेका तिवारीले गीत संगीत प्रतिको सम्मान रहेको बताए ।

कमेन्ट गर्नुहोस्