#Metoo कै कारण अर्का निर्देशकले छाडे फिल्म

बलिउड । पछिल्लो समय बलिउडमा #Metoo मुभमेन्टले विभिन्न रिजल्ट ल्याईरहेको छ । यसमा नाम मुछिएकाले इज्जत त गुमाएका छन् नै साथै आफ्नो काम पनि गुमाईरहेका छन् । अनु मल्लिकले इण्डियन आइडल सिनाज १० को निर्णायक पद छाड्नु पर्यो भने गुलसन कुमारको जीवनीमा बन्ने फिल्मबाट निर्देशक शुभाष कपूर आउट भइसकेका छन् । यति मात्र होइन , फिल्म ‘हाउसफुल ४’ को पहिलो सेड्युल सकाएका निर्देशक साजिद खानले पनि फिल्म छोड्नु पर्यो ।

यस्तै खबर आइरहदा फिल्मको सपूर्ण शुटिङ सकाएर पोस्ट प्रोडक्सनमा रहेको ‘सुपर ३०’ का निर्देशक विकास बहलले पनि फिल्म छाड्नु परेको छ । उनलाई निर्माण युनिटले फिल्मको कामबाट हटाउदै निर्देशक कबिर खानलाई इन्ट्री गराएको छ । पछिल्लो समय #Metoo मा मुछिएकालाई बलिउडमा सेलेब्स जोडन चाहंदैनन , यसै कारण बिकासले पनि फिल्म छाड्नु परेको छ ।

ऋतिक रोशनको मुख्य भूमिका रहेको फिल्मको काम यतिबेला पोष्टप्रोडक्सनमा भईरहेको छ । निर्माताहरुले नेक्स्ट प्रोजेक्ट ‘८३’ मा निर्देशनको जिम्मा कबिरलाई दिएका थिए तर बिकासको नाम ‘मिटू’ मा जोडिएपछी यसको जिम्मा पनि कबिरले पाएका छन । अब ऋतिकको फिल्मलाई कबिरले पुरा गर्नेछन । फिल्मको रिलिज आउदो बर्षको गणतन्त्र दिवसमा हुनेछ ।

कमेन्ट गर्नुहोस्