बोर्ड अध्यक्ष भट्टराई भन्छन् ‘कार्यन्वयनमा इमान्दारिता देखाउनु जरुरि छ’

50 Shares

फिल्म । चलचित्र विकास बोर्डका आध्यक्ष केशव भट्टराईले चलचित्र निर्माता संघ र चलचित्र संघसँग भएका अक्षरस समझौतालाई पालना गर्न आग्रह गरेका छन् । चलचित्र संघद्वारा मंगलवार आयोजित स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले भने ‘ठुला र महत्वपूर्ण संघले गरिएका सम्झौतालाई इमान्दारिताका साथ् पालना गर्नु पर्छ र म पुलको काम गर्छु ।’चलचित्र संघको कार्यलयमा आयोजित स्वागत कार्यक्रममा संघका अध्यक्ष प्रदिपकुमार उदयले माला र अविर लगाएर बोर्ड अध्यक्षलाई स्वागत गरे ।

यसैगरी संघका अध्यक्ष उदयले आफुहरु यसपटक झनै आशावादी भएको बताए । ‘अघिल्ला अध्यक्षको तुलनामा सम्पूर्ण पक्षलाई बुझेको मान्छे यतिबेला अध्यक्षको रुपमा पाएका छौ’ उनले मन्तव्य राख्दै भने ‘एउटा मात्र संस्थालाई लिएर अगाडी बढ्दा समस्या आएको उदाहरण छन् त्यसैलेसँगै मिलेर अगाडी बढ्नुको विकल्प छैन ।’ उनले आफुहरु नेपाली फिल्मको हितका लागि सदैव तयार रहेको समेत बाताए । यसैगरी चलचित्र निर्माता संघका आध्यक्षले सिनेमा भवनको विकास नभई फिल्म राम्रो मात्र बनेर दर्शक हलसम्म नआउनेमा जोड दिए ।

‘उपत्यका तथा मोफसलका हलहरुलाई निरीक्षण गरि दर्शकको खोजे अनुसारको बनाउन प्रेरित गर्नु पर्छ’ उनले भने ‘दर्शक आउने वातवरण बनाउन हल पनि राम्रो हुनु जरुरि छ ।’ उनका अनुसार झन्डै ८५ बढी हलमा यस्तो समस्याछ । यी यस्तै सुझावलाई लिएर आफु फिल्मनगरीको हितमा अगाडी बढ्ने अध्यक्ष भट्टराईले बताए ।

Facebook Comments