फिल्म । पछिल्लो समय साम्राज्ञी आरएल शाहको लागि ठिकठाक छैन । यसै वर्ष उनले आफुले नारीवादी फिल्म बताइन । उनले अभिनय गरेको फिल्ममा यसपटक क्यारेक्टर बलियो रहेको र स्क्रिप्ट निकै बलियो रहेको प्रेसमिटमा बताइन । तर , उनका रिलिज भएका दुइ फिल्म मारुनी र रातो टीका निधारमालाई नत दर्शकले रुचाए नत समिक्षकले नै । अर्थात , उनले असफलता खेप्नु पर्यो , त्यो पनि लगातार ।
उनै, साम्राज्ञी यतिबेला आफ्ना प्रेमी देवांश राणा र परिवारसँग समय बिताइरहेकी छिन् । पारिवारिक माहोलमा रहेकी साम्राज्ञीले प्रेमीसँग एक म्यूजिक भिडियोमा समेत काम गरेकी छिन् । साम्राज्ञी आफैले देवांशसँगको तस्वीर सार्वजनिक गर्दै म्यूजिक भिडियोमा काम गरेको उल्लेख गरेकी छिन् । उनले आफ्नी आमा नेहा आरएल शाहको आवाजमा समावेश ‘तिमी र म’ बोलको गीतमा प्रेमीसँग मोडलिङ गरेकी हुन् ।
कमेन्ट गर्नुहोस्










