खलनायकको सिक्वेल बन्दै

फिल्म । अभिनेता संजय दत्तलाई चिनाउने फिल्म मध्येको एक हो , खलनायक । सुभाष घई निर्देशित यो फिल्म सन् १९९३ मा रिलिज भएको थियो । फिल्ममा संजयसँगै ज्याकी श्राफ र माधुरी दीक्षितको अभिनय रहेको थियो । हिरो प्रधान फिल्म बन्ने तत्कालिन समयमा सुभाषले फिल्म मार्फत खलनायकको जीवनीलाई देखाएका थिए । जसलाई दर्शकले निकै मन पराए ।

निर्देशक सुभाष अब यसको सिक्वेल बनाउने तयारीमा छन् । सिक्वेल बन्ने र त्यसमा संजय , ज्याकी र माधुरीको अभिनय रहने निर्देशक सुभाषले बताएका छन् । उनले फिल्मको स्क्रिप्टको काम लगभग ३ वर्ष यता भइरहेको समेत बताए । ‘मलाइ एक पटक संजयले फिल्मको सिक्वेल बनाउन सल्लाह दिएको थियो । त्यसपछि मैले तयार परेको कन्सेप्ट संजयलाई मन पर्यो । त्यसमा हामी काम गरिरहेका छौँ’ सुभाषले भने ।

उनले अवस्था सामान्य भएपछि फिल्मको घोषणा गर्दै अन्य कलाकारको बारेमा जानकारी दिने बताएको भारतीय मिडियामा उल्लेख छ । ‘खलनायक २’ मा पनि कथा खलनायकमै केन्द्रीत रहनेछ । फिल्मको गीतसंगीतसँगै यसको कथा पनि दमदार हुने विश्वास निर्देशक सुभाषको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्