बलिउडमा इन्ट्री गर्दै महेश बाबु

टलिउड । निर्देशक एसएस राजमौलीले पछिल्लो फिल्म ‘आरआरआर’ को छायाँकन सुरु गरिसकेका छन् । जुनियर एनटिआर र राम चरणको अभिनय रहने फिल्मको छायाँकनपछी उनले अर्का स्टार महेश बाबुसँग काम गर्ने तयारीमा छन् । पछिल्लो समय ‘भारत’ मार्फत चर्चामा रहेका महेशले नै निर्माण गर्ने फिल्मलाई राजमौलीले निर्देशन गर्नेछन् । यसै फिल्म मार्फत महेशले बलिउडमा पनि इन्ट्री गर्दैछन् ।

उनि बलिउडका दर्शकमाँझ परिचित त छन् तर उनको फिल्म साउथ इन्डियामा रिलिज भएको केहि समयपछी मात्र हिन्दी डबिङ भएर आउने गरेको छ । तर अब महेश बाबुले एकै पटक इन्डियामा पनि रिलिज गर्ने सोच बनाएर राजमौलीसँग प्रि-प्रोडक्सनको काम थालिसकेका छन् । भारतीय मिडियालाई आधार मान्ने हो भने सन् २०१९ को मध्यपछी यी दुईले नयाँ प्रोजेक्टको सुरुवात गर्नेछन् । फिल्म ‘बिग बजेट’ को हुनेछ तर ऐतिहासिक कथावस्तु भने नहुने महेश बाबुले भारतीय मिडियालाइ बताएका छन् ।

कमेन्ट गर्नुहोस्