आमिरले भने ‘म होइन शाहरुख फिट’

जयहोस् । बलिउडमा मिस्टर पर्फेक्ट भनेर चिनिन्छन आमिर खान । पछिल्लो समय एकपछि अर्को फिल्म मार्फत दर्शकको मन जितिरहेका आमिरले फिल्ममा आफु सुहाउदो रोल मात्र गर्ने गरेको सबैलाई अवगत नै छ । पछिल्लो समय चिनिया बजारमा समेत प्रभुत्व जमाउन सफल उनलाई फिल्मको अफर दिनहु जाने गर्छ । तर खानले स्क्रिप्ट चयन गरेर अभिनय गर्छन भने आफु नजिकका कलाकार पनि सुझाउने गर्छन । यिनै आमिरलाई अफर गरिएको पछिल्लो एक फिल्म उनले शाहरुख खानलाई रिफर गरेका छन् । उनले उक्त भूमिकामा आफ्नो तुलनामा शाहरुख फिट हुने भन्दै निर्माता निर्देशकलाई सुझाएका हुन् । महेश मथाईको निर्देशनमा तयार हुने फिल्मलाई सिद्धार्थ रोय कपुरले निर्माण गर्दैछन । फिल्म अन्तरिक्षयात्री राकेश शर्माको जीवनीमा आधारित छ । यसैले गर्दा निर्माताले फिल्ममा आमिरलाई अफर गरेका थिए । फिल्मको छायाँकन आउदो वर्षको फेब्रुअरीबाट हुनेछ भने यसलाई त्यहि वर्षको दिपावलीमा रिलिज गर्ने सोच निर्माण टिमले बनाएको खबर छ । फिल्मको वर्कीङ टाइटल ‘स्यालुट’ राखिएको थियो तर अब निर्माताले यसलाई ‘सारे जहाँ से अच्छा’ नाम राख्ने निर्णय गरेका छन् ।
कमेन्ट गर्नुहोस्