‘न्यू ईयर म्यूजिक फेस्टिभल’ हुँदै

सङ्गीत । आउँदो नयाँ वर्ष अर्थात् विसं २०८१ वैशाख १ गते ‘न्यू ईयर म्यूजिक फेस्टिभल’ हुने भएको छ । गीतसङ्गीतमा प्रसिद्ध नामहरूले उक्त शोमा आफ्नो प्रस्तुती दिदैछन् । गायक संजय श्रेष्ठ, कविन्द्र श्रेष्ठ, जेम्स प्रधान, सुनिल उप्रेती, संजिव प्रधान, संजय किशोर, रोविन महर्जन, गीतारिस्ट ज्योति घिमिरे र सुरक्षा मल्लले आफ्नो प्रस्तुतीमार्फत उपस्थित सङ्गीत प्रेमीलाई नचाउने छन् ।

होटल अमुप्रस्थमा हुने कार्यक्रममा प्रवेश शुल्क एक हजार राखिएको गायक संजय किशोरले जानकारी दिए । उनले नयाँ वर्षमा उपस्थित हुनेले भरपुर सङ्गीतको मज्जा पाउने दावी गरे ।

कमेन्ट गर्नुहोस्