दीपेन्द्रको ‘श्रीमान् श्रीमती’ मा खगेन्द्र र सुरक्षा

फिल्म । निर्देशक दीपेन्द्र के खनालले नयाँ फिल्म ‘श्रीमान् श्रीमती’को छायांकन अन्तिम चरणमा पुगेको छ । निर्माण पक्षद्वारा जारी गरिएको प्रेस विज्ञाप्तिमा काठमाडौंका विभिन्न स्थानमा छायांकन भइरहेको फिल्मको काम करिब एक साताभित्र सकिने निर्देशक खनालले जानकारी दिएको उल्लेख छ । निर्माण टिमले छायांकनलाई सकेसम्म गोप्य राख्दै काम अघि बढाएको जनाएको छ ।

पटकथा प्रोडक्सन र टुकी आर्ट्सको प्रस्तुतिमा निर्माण भइरहेको ‘श्रीमान् श्रीमती’ पारिवारिक कथामा आधारित फिल्म हो । यसमा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्त मुख्य भूमिकामा छन् ।

गम्भीर तथा सामाजिक विषयलाई कथाको केन्द्रमा राखेर फिल्म बनाउँदै आएका निर्देशक खनालले यसपटक भने पूर्ण पारिवारिक कथामा काम गरेका छन् । उनका अनुसार फिल्ममा दर्शकले आफूलाई जोड्न सक्ने मिठो कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

कमेन्ट गर्नुहोस्