‘गुनगुन’ गीतमा सन्नीसँग संचिता (भिडियो)

जयहोस् । फिल्म ‘गुनगुन’ को दोस्रो गीत सार्वजनिक भएको छ । सामाजिक कथामा निर्माण भएको यस फिल्मको दोस्रो गीतमा संचिता लुइँटेल र सन्नी ढकाल फिचर्ड छन् । यी दुईको प्रेमभावलाई गीतमा चित्रण गरिएको छ । सार्वजनिक ‘चम्क्यो तारा चमक्क’ बोलको गीतमा प्रदीप भट्टराई शब्द , विकास चौधरीको संगीत र मेलिना राइ तथा दौलत राइको स्वर रहेको छ । गीतलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् भने यसलाई सौरभ लामाले छायाँकन गरेका हुन् । फिल्ममा संचिता र सन्नीसँगै निर्देशक तथा निर्माता पुकार भट्टराई , नायक सुवास मेचे रविन्द्र प्रताप सेन , नविन श्रेष्ठ , गणेश जिसी , देशभक्त खनाल , अनु भण्डारी , सुमेश श्रेष्ठ , राधा दाहाल , भिम मैनाली , बाल्दिप राई , विपिन प्रसाई लगायतको अभिनय रहेको छ । कार्तिक ३० बाट प्रदर्शनमा आउने फिल्मले समाजकै घटनालाई चित्रण गर्ने निर्देशकले बताए । ‘कथा सामाजिक नै हो , प्रस्तुतिमा केहि भिन्नता ल्याउने कोसिस छ’ भट्टराईले फिल्मलाई दर्शकले रुचाउने बताए । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा हिमाल केसीको द्वन्द , अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायाँकन रहेको छ ।
कमेन्ट गर्नुहोस्