उत्तमको गीतमा आकाश र कविता (भिडियो)

जयहोस् । दसैँलाई लक्षित गर्दै विभिन्न गीतसंगीत बजारमा आएका छन् । खासगरी रमाइलो माहौलमा नाच्न, गाउनका लागि कलाकारहरुले प्रतिस्पर्धात्मक रुपमा गीत सार्वजनिक गरिरहेका छन् , भन्दा फरक नपर्ला । तर दसैँको माहोलमा फुर्सदिलो हुने भएकोले पनि सर्जकले गीतसंगीतलाई बजारमा ल्याउने गर्छन । यसै शिलशिलामा सार्वजनिक भएको गीत हो, मिठो मिठो । गायक उत्तम थापा मगर युडीले रोमान्टिक शैलीको डान्सिङ नम्बर केहि दिन अगाडी दसैँलाई लक्षित गर्दै सार्वजनिक गरेका हुन् । गीतमा उत्तमसँगै पछिल्लो समय चर्चामा रहेका राजनराज सिवाकोटी र मेलिना राईले पनि स्वर मिसाएका छन् । यसका संगीतकार पनि राजनराज नै हुन् । गीत डा. राजबाबु श्रेष्ठले लेखेका हुन् । डान्सिङ नम्बरमा बुगी वुगी विजेता कवीता नेपाली र आकाश श्रेष्ठ फिचर्ड छन् । यी दुईको डान्सिङ केमेष्ट्रीलाई दर्शकले रुचाएका छन् । किनकी गीतलाई युट्युबमा सकारात्मक कमेन्ट प्राप्त भएका छन् । गीतमा यी दुईको केमेष्ट्रीलाई निकेश खड्काले देखाएका हुन् । म्युजिक भिडियो निर्देशक हुदै फिचर फिल्म ‘फाटेको जुत्ता’ समेत निर्देशन गरिसकेका निकेशले गीतलाई नाचौ नाचौ लाग्ने बनाएका छन् । यसमा प्रविन श्रेष्ठको सम्पादन, सुबोल थापाको कोरियोग्राफी र सिनेम्याटोग्राफी बुद्ध थापाको रहेको छ ।
कमेन्ट गर्नुहोस्