‘छक्का पञ्जा ४’ बन्ने , वितरणको जिम्मा करणलाई

फिल्म । ‘छक्का पन्जा ३’पछि ‘छ माया छपक्कै’ निर्माण गरेका दीपकराज गिरी र उनको टिमले फेरि ‘छक्का पन्जा’कै सिरिजलाई निरन्तरता दिने भएको छ । वि.सं २०७७ सालको दशैंको फूलपातिमा रिलिज गर्नेगरि फिल्म ‘छक्का पन्जा ४’को घोषणा गरिएको छ । बाहिरी टिमसंग टिमअप नभएपछि फेरी यो समुहले आफ्नै सिरिजलाई निरन्तरता दिएको हो ।

‘आउँदो दसैँमा फिल्म ल्याउदैछौ छौ’ दीपकले भने । उनि फिल्मको निर्माता, लेखक तथा कलाकार हुन् । यद्दपी अन्य ब्यानरसँगको सहकार्यका लागि कुरा अगाडि भने बढिरहेको बताए । साथै , दीपक केहि दिन यता लेखनमा समेत जुटेका छन् । फिल्मलाई दीपाश्री निरौलाले निर्देशन गर्नेछिन् भने यसमा दीपकसंगै केदार घिमिरे, जितु नेपालको अभिनय रहने पक्का छ । साथै , फिल्म वितरणको जिम्मा उपत्यकाको लागि रीच इन्टरतेनमेन्ट र जीजीए ग्रुपले गर्ने छ भने उपत्यका बाहिर एफडी कम्पनिले ।

‘हामीले यसपटक वितरणको जिम्मा करण भाइ र जीजीएलाई दिएका छौ’ दीपकले भने ,’उनले करणको काम देखेर जिम्मा दिएको समेत बताए ।’ पछिल्लो समय एकपछि अर्को विग व्यानरको विश्वास जितिरहेका करणले पनि आफुले प्[आएको जिम्मेवारीलाई पूर्ण रुपमा बहन गर्ने बताए । ‘हामीलाई जुन विश्वास गरेर नेपालकै सर्वाधिक ग्रसर फिल्म वितरणलप जिम्मा दिनु भएको छ त्यसैलाई राम्रोसंग सबै दर्शकले हेर्न पाउने गरि रिलिज गर्नेछौ’ करणले बताए । फिल्मको छायांकन आउँदो चैत्रबाट स्टार्ट हुनेछ ।

कमेन्ट गर्नुहोस्