फिल्म । साउथ फिल्मनगरीका स्टार मध्येका एक हुन् , विजय देवरकोण्डा । ‘अर्जुन रेड्डी’ मा देखिएपछी साउथमा उनि उम्दा स्टार बने । त्यसपछि उनको फिल्मको व्यग्र प्रतीक्षा दर्शकलाई हुन् थाल्यो । बलिउडमा समेत यसै फिल्मको रीमेक ‘कबिर सिंह’ ले शाहिद कपूरको करियरलाई माथी पुर्यायो । दुवैलाई निर्देशन गरेका थिए , सन्दीप वाङ्गा रेड्डीले ।
डेब्यु फिल्ममै सन्दीपले विजयलाई लिने सोच बनाएका थिएनन् । उनले शर्वानंदलाई लिएर फिल्म बनाउने तयारी गरेका थिए । आफु डेब्यु निर्देशक भएकाले सन्दीपले धेरै ठुलो स्टारलाई भने चाहेका थिएनन् । तर , विभिन्न कारणले त्यो पुरा हुन् सकेन । शर्वानंदले फिल्ममा काम नगर्ने भएपछी स्ट्रगल गरिरहेका विजयसँग सन्दीपको भेट भयो ।
आफु झैँ फिल्ममा आउँन गरेको संघर्षको बारेमा जानकारी पाएपछि सन्दीपलाई विजयलाई लिने तय गरे । साथै लुक पनि टेस्ट गरे । फिल्म रिलिज भएपछी नसोचेको सफलता पायो । फिल्मको गीतसंगीतसँगै देखाइएको लभस्टोरीलाई युवापुस्ताले निकै रुचाए । एउटा सन्की डाक्टरको प्रेम कथा देखाइएको फिल्मले बक्स अफिसमा राम्रै कमाल गर्यो । फिल्मबाट सन्दीप पनि निर्देशन स्थापित भए साथै विजयले पनि आफुलाई स्टार बनाए । (एजेन्सी)