डनको नयाँ सिरिज ‘द फाइनल च्याप्टर’

फिल्म । अन्तत शाहरुख खानको डन सिरिजको चर्चाले बि-टाउनमा स्थान पाउन थालेको छ । द फाइनल च्याप्टर नाम दिइएको फिल्मको कथाको काम स्टार्ट भईरहेको छ । शाहरुखले पनि पछिल्लो समय असफलता पाइरहेपछी उनले एक्सन अवतारमा प्रस्तुत हुने निर्णय गरेकाछन् । फिल्मलाई फरहान अख्तरले निर्देशन त गर्ने भएका छन् नै साथै अभिनय पनि गर्ने भएकाछन् । यसै फिल्मको लागि उनले राकेश शर्माको जीवनीमा आधारित फिल्म ‘सारे जहाँ से अच्छा’ लाई छाडेका छन् ।

पछिल्लो समय सोसल ड्रामा र लभ स्टोरीमा देखिदै आएका शाहरुखले अब आफ्नो सफल सिरिज डनलाई अगाडी बढाउने भएकाछन् । फिल्मका निर्देशक फरहान अख्तरले लगभग कथाको काम पुरा भईसकेको बताएका छन् । फिल्ममा शाहरुख एन्टीहिरोको रुपमा प्रस्तुत हुनेछन । फिल्ममा शाहरुखसँगै फिल्ममा रहने कास्टिङको काम भईरहेको भारतीय मिडियामा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्