‘चिसो मान्छे’ मा स्वस्तिमा ?

फिल्म । निर्देशक दीपेन्द्र के खनाल फिल्मको काममा जुटेका छन् । प्री प्रोडक्सनमा काम गरिरहेका दीपेन्द्रले अभिनेत्री स्वतिमा खड्कालाई फिल्म ‘चिसो मान्छे’ मा अनुबन्धित गरेका छन् । शर्मिला पाण्डे निर्देशित फिल्ममा स्वस्तिमासँग निर्माणपक्षविच केही दिन अगाडि मात्र संझौता गरेको हो ।

सामाजिक कथामा बन्न लागेको फिल्ममा काम गर्ने सहमति दिएसँगै स्वस्तिमा र दीपेन्द्रको यो दोस्रो पटक सहकार्य हुने भएको हो । यसअघि यी दुईको टीमअप ‘लभ लभ लभ’मा भएको थियो । फिल्ममा स्टारडम भन्दा कथा र पात्रमा बढी ध्यान दिने भएकै कारण दीपेन्द्र र स्वस्तिमा बीच सहकार्य हुन् लागेको बुझिएको छ ।

कमेन्ट गर्नुहोस्