फिल्म । पछिल्लो समय ठुला फिल्म पनि एकसाथ प्रदर्शनमा आउँन थालेका छन् । जसलाई बिग क्ल्यास पनि भन्ने गरिन्छ । यसवर्ष एकै डेटमा दुइ ठुला फिल्म प्रदर्शनमा आउँदैछन् तर बलिउडको नभई साउथको । चिरन्जिवी अभिनित ‘सई रा नरसिम्हा रेड्डी’ र प्रभास अभिनित ‘साहो’ एकै डेटमा रिलिज हुदैछन् । यी दुवै फिल्मले आउँदो अगस्त १५ लाई रिलिज डेट कन्फर्म गरेका छन् ।
यसलाई साउथ इण्डियन फिल्मकै ठुलो भिडन्तको रुपमा लिईएको छ । स्वतन्त्र सेनानी यु नरसिम्हा रेड्डीको जीवनीमा आधिरित फिल्ममा चिरन्जीवी मुख्य भूमिकामा छन् । नयनथरा र जगपति बाबुको पनि अभिनय रहेको फिल्मलाई सुरेन्द्र रेड्डीले निर्देशन गरिरहेका छन् । यसैगरी साहोमा प्रभाससँगै श्रद्धा कपूर , ज्याकी श्राफ लगायतका कलाकार पनि छन् । यसलाई सूजीथले निर्देशन गरिरहेका छन् ।
कमेन्ट गर्नुहोस्