आउँदो वर्ष विवाह गर्दै रोहण र श्रद्धा ?

603 Shares

फिल्म । केहि समय यता बलिउड एक्ट्रेस श्रद्धा कपूर फोटोग्राफर रोहण श्रेष्ठसँग प्रेममा रहेको चर्चा चल्ने गरेको छ । केहि समय अगाडी यी दुइले इन्गेजमेन्ट गर्ने तयारी गरिरहेको खबरले निकै चर्चा पायो । तर यी दुइले आफुहरु राम्रो साथी मात्र रहेको प्रतिक्रिया दिए । त्यसपछि यी दुइको चर्चा सेलायो । तर , श्रद्धा प्राय इभेन्टमा भने रोहणसँग पुग्थिन ।

यतिबेला फेरी भारतीय मिडियामा यी दुइको विवाहको चर्चा बढ्दो छ । आउँदो वर्ष यी दुइले विवाह गर्ने खबर मुम्बई मिररमा आएको छ । श्रद्धाकि आमाले यु दुइको जोडीलाई रूचाएको समेत लेखिएको छ । पछिल्लो ९ वर्ष देखि चिनजानमा रहेका श्रद्धा र रोहण बीच गत ४ वर्ष देखि प्रेम रहेको चर्चा बि-टाउनमा छ । (एज्नेसी)

Facebook Comments