प्रमोदले ल्याए ‘झुमा झुमा’ (भिडियो)

0 Shares

संगीत । गायक प्रमोद खरेलको झुमा २ सार्वजनिक भएको छ । गत शुक्रबार सार्वजनिक गरिएको झुमा झुमा बोलको गीतमा गायक खरेलको साथमा अभिनेता पल शाह, टिक टक क्विनबाट चिनिएका जुम्ल्याहा दिदिबहिनी प्रिन्सी र प्रिज्मा खतिवडाको अभिनय रहेको छ । गीतको म्युीजक भिडियोलाई चर्चित हाँस्यटेलिसिरियलका श्रृङ्खला निर्देशक एवम् कलाकार काकु अर्थात दीपक आचार्यले निर्देशन गरेका छन् । हिमान्सु राइमाझीको शब्द तथा भिम विसीको संगीतमा रहेको गीतको भिडियोलाई शुभ्म भुजेलले कोरियोग्राफी गरेका छन् ।

सुप्रिम पराजुलिको सम्पादन तथा अर्जुन तिवारीको सिनेमेटोग्राफी रहेको भिडियोलाई दिक्षा क्रियसनले बजारमा ल्याएको हो । गायक प्रमोद खरेल र नायक पल शाह संग अभिनय गरेका प्रिन्सि र प्रिज्माले आफूहरु निकै भाग्यमानी भएको भन्दै गीत छायाँकन गर्दा रमाइलो भएको अनुभव साटेका छन् । गीत सार्वजनिक भएपछि निर्देशक दीपक आचार्यले यस अघि पनि प्रमोद खरेलको चर्चित गीत चल बतास चल निर्देशन गरेको हिसाबले दोस्रो पटक काम गर्दा खुशी लागेको बताए ।

Facebook Comments