
फिल्म । भारतीय सुपरस्टार अभिनेता रजनीकान्तको अभिनय रहने १७१ औं फिल्मको रुपमा ‘कूली’ घोषणा गरेको छ । फिल्मको सार्वजनिक घोषणा भिडियोमा उनलाई एक्सन अवतारमा देख्न सकिन्छ । सुन तस्करीसँग जोडिएको गिरोहसँगको मुडभेडलाई सार्वजनिक भिडियोमा समेटिएको छ ।
फिल्मलाई लोकेश कन्नगराजले निर्देशन गर्नेछन् । यो उनको सिनेम्याटिक युनिभर्सको नयाँ फिल्म हो वा होइन भन्ने विषयमा केही खुलाईएको छैन । लोकेशले पछिल्लो समय फिल्म ‘लियो’ निर्देशन गरेका थिए ।
यो फिल्म तामिल, तेलुगु, कन्नडा र हिन्दी भाषामा प्रदर्शन हुनेछ ।
कमेन्ट गर्नुहोस्