फिल्म । गायक प्रकाश सपूतले आउँदो फिल्मदेखि निर्देशक वा अभिनय एक विधामा मात्र फोकस हुने बताएका छन् । उनले आज फिल्म ‘वसन्त’ को पहिलो गीत ‘साँझ पर्यो झमक्कै’ सार्वजनिक गर्दै आफ्नो निर्देशन, अभिनय दुवै विधामा काम गर्दा कहिले कही पुरा गर्न नसकेको बताए ।
‘मैले एकै फिल्ममा धेरै काम गर्दा सहजता महसुश गरिन् । आउँदो फिल्ममा कथा बोक्ने पात्र भयो भने निर्देशक बन्दिन्, निर्देशक बन्नै पर्ने भएमा म आफ्नो भूमिकाको स्क्रीन समय छोट्याउछु । वसन्त त पुरा गरें आउँदो फिल्ममा म यस विषयलाई ध्यान दिन्छु’, प्रकाशले भने ।
उनले आफू निर्देशक नबनेको खण्डमा भइ सुनिल विकलाई निर्देशक बनाउने घोषणा समेत गरे । आगामी चैत्र २२ गते देखि प्रदर्शनमा आउने फिल्म ‘वसन्त’ को प्रचारप्रसारकै क्रममा प्रकाशले आफ्नो कथा भन्ने प्रयाश गरेको बताए । गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौं र तराईका विभिन्न ठाउँमा यसको छायांकन गरिएको हो ।
फिल्ममा प्रकाश सपूत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ ।गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा फिल्मको कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । सोसल ड्रामा फिल्ममा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा फिल्मले भन्ने छ ।