धनाको ‘बधाई’ सार्वजनिक (भिडियो)

संगीत । आगोले जलेर पनि आफुलाई सम्हाल्दै आएकी गायिका धना परियारको स्वर रहेको निकै मार्मिक लोक गीत ‘बधाई’ सार्वजनिक भएको छ । गीतमा गायिका परियारलाई तुलसिंह रनपछाईले स्वरमा साथ दिएका छन् । ऋषी खड्काको लय र समिक्षा बुढाथोकीको शब्द रहेको गीतको भिडियो गायत्री थापाको प्रस्तुतिमा शिव दर्शन फिल्मस् प्रालीले निर्माण गरेको हो ।

गीतको भिडियो ट्रयाजेटी थिममा तयार गरिएको छ । भिडियोमा रोशन सिंह, साया भण्डारी र तेज बोगटीको अभिनय रहेको छ । रोशन सिंहले निर्देशन गरेको भिडियोमा अजय रेग्मीको छायाँकन र मिलन बिश्वकर्माको सम्पादन रहेको छ । धना परियारको उपचारमा सहयोग गरिरहेकी गायिका गायत्री थापाले भिडियो आम्दानी गायिका धनालाई नै प्रदान गरिने जानकारी दिइन् । थापाले ‘देश बिदेशमा रहनु भएका संगति प्रेमी सबैमा गीत शेयर गरेर सहयोग गरिदिन समेत आग्रह गरेकी छन् ।’ मिठो स्वरकी धनी गायिका धना नेपालमा चलेको एक कु प्रथाका कारण गोठमा सुत्दा अचानक आगलागी हुँदा आगोमा जल्न पुगेकी थिइन् ।

कमेन्ट गर्नुहोस्