देश । दोस्रो कार्यकालका लागि नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई नियुक्ति गर्दा वरिष्ठ अभिनेता हरिवंश आचार्यले सामाजिक सञ्जाल मार्फत शुभकमना दिएका थिए । उनले नेपालले विद्युत् प्राधिकरणले पछिल्लो समय गरिरहेको व्यापारसँगै कुलमानको काम प्रशंसायोग्य रहेको बताएका छन् ।शुक्रबार नेपाल विद्युत् प्राधिकरणले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दैहरिवंशले कुलमानले देशमा उज्यालो ल्याएको जिकिर गरे ।
उनले नेकपा (माओवादी केन्द्र) ले काठमाडौँबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार बनाउन लागेको भन्ने चर्चाप्रति इंगित गर्दै राम्रो मान्छेलाई लैजाने भन्ने हल्ला सुनेको छु, भन्दै शुभकामना व्यक्त गरे । उनले भने, ‘राम्रो मान्छेलाई जसले पनि लैजान्छन् । लैजाने रे भन्ने हल्ला पनि सुनेका छौँ हामीले । उहाँलाई शुभकामना ।’
कमेन्ट गर्नुहोस्