आर्यनको भान्जीले गाइन् ‘टक्सिक ट्रुथ’

सङ्गीत । अभिनेता आर्यन सिग्देलकी भान्जी आर्हीले गीत ल्याउने भएकी छिन् । अभिनेता सिग्देलले पोस्टर सार्वजनिक गर्दै उनको गायनमा आगमनको लागि शुभकमना दिएका छन् । अष्ट्रेलिया बसोबास गर्ने आर्हीले अङ्ग्रेजी भाषाको गीत तयार गरेकी हुन् । ‘टक्सिक ट्रुथ’ शिर्षक राखिएको उक्त गीतमा आर्ही र म्यागी एल बार्न्सले लेखेका भने यसको हुन् सङ्गीत फोसिल र नेप्सेकले तयार पाएको हो ।

यसको भिडिओ पनि तयार भईसकेको छ भने केही समयपछि सार्वजनिक गर्ने तयारी रहेको छ । यसको भिडिओलाई दीपेन्द्र केसीले निर्देशन गरेका हुन् । दशक अगाडि धेरै भिडिओ निर्देशनमा देखिने र सुनिने नाम दीपेन्द्र पछिल्लो समय डकुमेन्ट्री निर्देशनमा व्यस्त छन् ।

भिडिओमा क्रिएटिभ निर्देशक दिनेश जंग राणा रहेको छन् भने यसको छायांकन बाबु श्रेष्ठले गरेका हुन् । यसको पोस्ट प्रोडक्सन पोस्ट प्रोमा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्