आइसलेकमा अनमोल र सुहाना (फोटो फिचर )

फिल्म । छायाँकनरत फिल्म ‘ए मेरो हजुर ३’ को केहि तस्वीरहरु सार्वजनिक भएका छन् । मनाङको चार हजार पचहत्तर मिटरको उचाईमा रहेको आइसलेकमा फिल्मको गीतको छायाँकन भएको छ । गीतमा अनमोल केसी र डेब्यु गर्ल सुहना थापा फिचर्ड छिन । अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहनाले यसै फिल्म मार्फत रजतपटमा डेब्यु गर्दैछिन ।

छायाँकन भईरहेको ‘जान्दिन म’ बोलको गीतमा सुगम पोखरेलको स्वर रहेको छ । यसलाई राहुल शाहले कोरियोग्राफी गरेका हुन् भने हिमाली भेगको मनोरम दृश्यलाई संजय लामाले क्यामेरामा कैद गरेका हुन् । सार्वजनिक तस्वीरमा अनमोल र सुहानालाई रोमान्टिक अवतारमा देखिएको छ भने यी दुईलाई चिसोको प्रवाह छैन ।

सुनिल कुमार थापाले यसफिल्मलाई निर्माण गरेका छन् । फिल्ममा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व छ ।

कमेन्ट गर्नुहोस्