सुजाता र अमृतको ‘आलु तामाले’ सार्वजनिक

सङ्गीत । गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई गायक अमृत खातीले स्वरमा साथ दिएका छन् । एक अर्काेलाई मनपराउने केटा र केटीले एक अर्काेको आमाले आफुलाई स्वीकार नगरेको कुरा गीतमा गरिएको छ ।

गायक अमृत खातीकै शब्द, दीप शंकर चौलागाइको संगीत रहेको गीतको एरेन्ज बिनोद बाजुरेलीले गरेका हुन् । गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ । जसमा गायिका केसी र काजिस श्रेष्ठको नृत्य देख्न सकिन्छ । डान्सिङ शैलीमा तयार गीतको भिडियोमा केही कोरस समेत प्रयोग भएको छ ।

सुशिल शर्माको निर्माण रहेको भिडियोमा दुर्गा पौडेलको छायांकन, विकाश ज्ञवलीको सम्पादन छ । भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियो गायिका केसीको आफ्नै अफिसियल युट्युब च्यानल सुजाता केसीबाट सार्वजनिक भएको छ । गीत श्रोता तथा दर्शकले रुचाउने विश्वास गायिका केसीले लिएकी छन् ।

कमेन्ट गर्नुहोस्