२२ लाख पनि पुगेन् ‘अभिमन्यू : च्याप्टर १’ को कमाइ

फिल्म । चलचित्र विकास बोर्डले हाल प्रदर्शनमा रहेका नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’मार्फत सार्वजनिक विवरणअनुसार विभिन्न फिल्महरूको आम्दानी तथा टिकट बिक्रीको तथ्यांक सार्वजनिक गरिएको हो ।

बोर्डका अनुसार मङ्सिर १८ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘अभिमन्यू : च्याप्टर १’ ले पुस १९ गतेसम्म २१ लाख ५८ हजार ४०२ रुपैयाँ आम्दानी गरेको छ । सुशान्त गौतम निर्देशित यस फिल्मका ६ हजार ८९२ टिकट बिक्री भएका छन्। फिल्ममा कामेश्वर चौरासिया, लक्ष्मी बर्देवा, गौमाया गुरुङ र सरिता गिरीलगायत कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्