‘हिटम्यान’ को पोस्टर र टिजर रिलिज

फिल्म । नेपाली फिल्मलाई बिश्वब्यापी रिलिज गर्ने उद्देश्य सहित बनाइएको नेप इन्डो फिल्म ‘हिटम्यान’ को मोशन पोस्टर र टिजर रिलिज गरिएको छ । नेपालको काठमाडौं र पोखरा अनि भारत, फ्रान्सको पेरिस तथा दुवैमा खिचिएको छ ।

आगामी फागुन अर्थात् फेब्रुअरीमा रिलिज गरिने फिल्मको अफिसियल प्रदर्शन मिति केही समयमा सर्वजनिक गरिने सिनेमाका निर्माता तथा निर्देशक बिष्णु अधिकारीले बताए । यो नेपालीसंगै हिन्दी, तिलुगु, तमिल, कन्नडा, मल्यालम, अरबी र चाईनिज गरी दश भाषामा रिलिज गरिने छ ।

आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सञ्चारकर्मीहरुमाझ फिल्मको टिजर सार्वजनिक गरिएको हो । टिजरमा मुख्य कलाकार विष्णु अधिकारी देखिएका छन् । टिजरमा आँचलको भने कुनै पनि दृश्य समावेश छैन ।

पत्रकार सम्मेलनमा उपस्थित आँचलले टिजरमा आफू नदेखिएको बताइन् । यसको ट्रेलरमा भने भारतसँगै नेपाली दृश्य र कलाकार समेत देखिने कलाकार विष्णु अधिकारीले बताए । फिल्ममा प्रशान्त ताम्राकार र मिलन सिजापतिको पनि मुख्य भूमिका छ । केही अभिनेत्रीहरुसँग आफूहरुले कुरा गरेपनि अन्तिममा आँचल शर्मा भूमिकामा फिट भएको विष्णुले बताए ।

आँचलले तेलुगू फिल्म भएपनि आफूले नेपाली भाषा नै बोलेको बताइन् । तर, आफूले तेलुगू भाषा भने केही सिकेको उनले बताइन् । 99 सिनेमाज र इष्ट एण्ड वेस्ट इन्टरटेनमेन्टकाे ब्यानरमा निर्माण भएको फिल्ममा दिपक अधिकरी निर्माता र सन्नी लावती सह-निर्माताको रुपमा रहेका छन् ।

कमेन्ट गर्नुहोस्