भुवनको ‘मिस्टर नेपाली’ अमेरिकामा प्रिमियर हुँदै

फिल्म । प्रेमराज दाहालको निर्माण तथा देव भुषालको निर्देशनमा तयार भएको फिल्म ‘मिस्टर नेपाली’ को प्रिमियर अमेरिकामा हुने भएको छ । विदेशमा रहेपनि मन त नेपाली नै हुन्छ भन्ने भावलाई प्रस्तुत गरेको फिल्म नेपालमा कार्तिक २९ मा रिलिज हुदैछ यद्दपी अमेरिकामा भने नोभेम्बर १० र १२ मा चलचित्रको प्रिमियर हुने जानकारी निर्माण पक्षले दिएको छ ।

हस्टन टेक्सासमा रहेको २९४९ डनभेल रोडमा अमेरिकी समय अनुसार बिहान ११ बजे फिल्मको प्रिमियर हुन लागेको हो । यस्तै, यही मितिमा अमेरिकी समय अनुसार दिउँसो ३ बजे ८५०५ वाल्टर्न बीएलभीडीमा पनि प्रिमियर हुनेछ । यस्तै, अमेरिकाको सान फ्रान्सिस्को क्यालिफोर्नियामा नोभेम्बर १२ मा १११५ सोलानो एभेनी, अल्बानी सीए यूएसमा यो फिल्मको प्रिमियर हुनेछ ।

विज्ञापन

फिल्ममा भुवन केसी दोहोरो भूमिकामा छन् । भुवनसँगै रीमा विश्वकर्मा, बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तवलगायतका कलाकारको अभिनय छ । यसै फिल्मबाट साहिल श्रेष्ठ र कुसुम राउतले अभिनयमा डेब्यू गर्दैछन् । निरज कँडेलको छायांकन, कविराज गहतराजको कोरियोग्राफी रहेको फिल्ममा प्रेमराज दाहालको लगानी छ । विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीतिलाई टेकेर हुने शोषणमा फिल्म आधारित छ । निर्देशक भुषालले फिल्मले राष्ट्रियता, प्रेम र पारिवारिक कथालाई उठान गरेको बताए ।

कमेन्ट गर्नुहोस्