‘मनसरा’ को अनलाइन टिकेट बुकिङ र बिक्री खुल्ला

फिल्म । कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको फिल्म ‘मनसरा’ को शो खुल्ला गरिएको छ । फिल्मको सेन्सर भएसँगै यो फिल्मको टिकेट अनलाइनमा बिक्री र बुकिङका लागि नेपालभर उपलब्ध गराइएको छ । ‘जारी’ मार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक सुब्बाको दोस्रो फिल्म भएकाले यसलाई प्रदर्शकले प्राथमिकता दिएर शो उपलब्ध गराएका छन् ।

निर्देशक सुब्बाले एक आत्मनिर्भर महिलाको कथा भनेका छन् । मिश्रित समाजको कथालाई प्रस्तुत गरेका निर्देशक सुब्बाले फिल्मको शिर्षकमै कथासार व्यक्त गरेका छन् ।

फिल्ममा मिरुना मगर, दयाहाङ राई, प्रविन खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, नेनहान राईको अभिनय छ । निर्देशक उपेन्द्र सुब्बाकैलेखन रहेको फिल्मका निर्माता छायांकार शैलेन्द्रध्वज कार्की हुन् ।

विष्णु कुमार लिम्बु, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह-निर्माता रहेको फिल्ममा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवलराज पाण्डेको साउन्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर रसुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ । सिजन दाहाल कार्यकारी निर्माता रहेको फिल्मका मुख्य सहायक निर्देशक किरण चाम्लिङ राई हुन् ।

कमेन्ट गर्नुहोस्