जाइराकै लागि ‘जिम’

91 Shares

फिल्म । पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ ‘जाइरा’ मा व्यस्त छिन् । उनले पहिलो पटक एक्सन फिल्म गरेकी छिन् भने उनि नै टाइटल रोलमा छिन् । ‘यतिबेला मैले जाइरा नै सोचिरहेकी छु , किनकी हामीले धेरै मेहनत गरेका छौ’ नम्रताले भनिन् । उनले फिमेल लिड एक्सन फिल्मले कस्तो प्रतिक्रिया पाउला भन्ने सोचमा रहेको पनि बताइन ।

वुधवार फिल्मको टिजर सार्वजनिक कार्यक्रममा बोल्दै नम्रताले आफुले फिल्मकै लागि जिम ज्वाइन गरेको समेत बताइन । ‘मैले लाइफमा कहिले जिम गरेकी थिइनँ तर क्यारेक्टर सुहाउँदो हुनुपर्छ भनेर कुनै कसर बाँकी राखिन्’ नम्रताले भनिन् ‘क्यारेक्टरकै लागि कपाल पनि काटे , किनकी टिमको मेहनतमा मेरो कारणले असर नगरोस भन्ने लागेको थियो ।’ उनले यसै फिल्मको लागि कपाल छोट्याउदा तात्कालिन समयमा ‘प्रसाद’ युनिटलाई केहि समस्या समेत परेको थियो । फिल्ममा नम्रताले रिभेन्ज लिन्छिन् , जसलाई टिजरमा देखाइएको छ ।

छोटो टिजरमा उनको उदेश्य र फिल्मको कथासारलाई डेब्यु निर्देशक आशुतोष राज श्रेष्ठले देखाउन खोजेका छन् । प्राय लभर गर्लको भूमिकामा निकै रुचाइएकी नम्रताले यस फिल्ममा मिक्स मार्शल आर्ट खेलाडीको भूमिकामा अभिनय गरेकी छन् । फिल्ममा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठसहित नव-कलाकारहरु श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ । प्रसन्न गोपाली कार्यकारी निर्माता रहेको ‘जाइरा’ का पटकथाकार निर्देशक श्रेष्ठ र निरोज महर्जन हुन् ।

कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा फिल्म बनेको हो । फिल्मलाई लोकेश बज्राचार्यले सम्पादन गरेका छन् । कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द्व निर्देशन रहेको छ । भने, द्वन्द्व कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको छ । यस फिल्ममा केशव थापाको नृत्य निर्देशन छ भने डि.ओ.पी. बाबु श्रेष्ठको रहेको छ ।

Facebook Comments