घरमै हेर्नुस् ‘काइरा’

2 Shares

फिल्म । आर्यन सिग्देल र साम्राज्ञी आरएल शाह अभिनित फिल्म ‘काइरा’ युट्युबमा रिलिज भएको छ । इन्द्रजात्राको अवसर पारेर फिल्मलाई इन्टरनेटमा रिलिज गरिएको हो ।

गतवर्षको श्रावन १८ गतेबाट प्रदर्शन भएको फिल्ममा आर्यन र साम्राज्ञीका अलवा शिशिर राणा, हितेश शर्मा, टिसुरेश न्यौपाने, मरिषा श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता राजेन्द्र भट्ट हुन् । निर्देशक रिजालको समेत लगानी रहेको फिल्मका सह निर्माता दिनेश थापा र दिवस पराजुली हुन् ।

आर्यन सिग्देल प्रोडक्सन र आर एण्ड आर फिल्मस्को व्यानरमा निर्माण भएको यसको कथा आर्यन आफैले तयार पारेका हुन् । फिल्ममा केदार भुषालको पटकथा तथा संवाद, शिवराम श्रेष्ठको छायाँकन, अर्जुन पोखरेल, कोशिस क्षेत्री र कल्याण सिंहको संगीत, प्रविन सिंहको कोरियोग्राफी, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।

Facebook Comments