फिल्म । रोमान्टिक लभ स्टोरी फिल्म ‘नोभेम्बर रेन’ को सिरिज बन्ने भएको छ । निर्माता सुवास गिरीले फिल्मको सिक्वेलको तयारी थालेका छन् । उनले फिल्ममा अभिनेताको रुपमा अनमोल केसीलाई अफर गरेका छन् । पछिल्लो समय अनमोलसंग ‘कृ’ मा काम गरेका सुवासले आफ्नो सफल फिल्मलाई दर्शक माँझ ल्याउने तयारी गरेका हुन् ।
उनले आर्यन सिग्देल र नम्रता श्रेष्ठ अभिनित ‘नोभेम्बर रेन’ लाई दिनेश राउतले निर्देशन गरेका हुन् । सिरिजलाइ ‘नोभेम्बर रेन २’ नाम राखेर सुवास इन्टरटेन्मेन्टले बनाउने छ । यस्तै , अनमोलले पनि नोभेम्बर रेनको कथाले सुवाससंग सहकार्य गर्न सक्ने संकेत गरे । यद्दपी फिल्ममा टिमअप भएपनि यसको छायांकन आउँदो वर्षको मध्यममा मात्र सुरु हुनेछ ।
कमेन्ट गर्नुहोस्












