फिल्म । नेपालमा सफलताका साथ प्रदर्शनरत फिल्म ‘उपहार’ को विदेश प्रदर्शन सुरुआत भएको छ । अमेरिकाको कोलोराडाे राज्यमा आयोजना गरिएको पहिलो शो हेर्न पुगेका दर्शकको सङ्ख्या बढीभएपछि चालिस प्रतिशत भन्दा बढी फर्किएको निर्माण पक्षले दावी गरेको छ । पहिलो शोमै देखिएको दर्शकको उपस्थिति र प्राप्त प्रतिक्रियालाई आधार मानेर निर्माण टिमले मार्च १९ मा थप शो आयोजना गरेको निर्माण बलराम शाही ठकुरीले जानकारी दिएको छ । उनका अनुसार आउँदो विकेन्ड लक्षित गर्दै शोहरू आयोजना गरिने छ ।
गतवर्ष फिल्म ‘झिंगेदाउँ’ मार्फत निर्देशनमा पुनरागमन गरेका निर्देशक ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको फिल्म ‘उपहार’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत फागुन २५ गते महाशिवरात्रिको अवसर पारेर प्रदर्शनमा आएको फिल्म ‘उपहार’ लाई दोस्रो सातामा प्रवेश गर्न दर्शकको ‘वर्ड अफ माउथ’ ले साथ दिएको छ ।
निर्देशक देउजाले यसपटक दर्शकको मन जितेका छन् । उनले आम मानिसको कथालाई तीन महिला पात्रामार्फत व्यक्त गरेका छन् । मोफसलबाट उपत्यकामा सङ्घर्ष गर्न आएकासँगै देशमा भविष्य नदेख्ने युवाको कथालाई फिल्ममा देखाईएको छ । अभिनेत्री रेखा थापाले ‘मालिका’पछि यो फिल्मबाट ५ वर्षपछि निर्माण र अभिनयमा कमब्याक गरेकी हुन ।
रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको व्यानरमा रेखा थापा प्रस्तुतकर्ता रहेको फिल्ममा रेखा थापा, पुजा शर्मा, मुकुन भुषाल, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, शिशिर राणा, अंशु महर्जन, विनोद पौडेल, आशा भुुषाल, शोभारस घिमिरे, मन्जु श्रेष्ठ, कमल भट्ट, राइडर प्रशान्त र सरिता राजोपाध्याय लगायतको अभिनय छ ।
बलराम शाही ठकुरी कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुलभ प्रतिक र समीक्षा देउजा हुन् । फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन रेहको फिल्ममा मित्र डि गुरुङको सम्पादन छ । फिल्ममा अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व निर्देशन रहेको छ ।
अर्जुन पोखरेल र बाबुल गिरीको संगीत,सुलक्षण भारतीको कथा, भारतीका साथै अभिमन्यू निरवी र माधव शर्माको पटकथा तथा संवाद छ । फिल्मको वितरण उपत्यका भित्र रिच इन्टरटेनमेन्ट र उपत्यका बाहिर एफडी कम्पनीले गरेको छ ।