‘दि कर्मा’ को एक्सनमय ट्रेलर (भिडियो)

फिल्म । आउँदो माघ १७ गतेबाट प्रदर्शनमा आउन लागेको एक्सन-लभस्टोरी फिल्म ‘दि कर्मा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्मको मूलकथा प्रस्ट्याउन खोजिएको ट्रेलरमा करण वर्मा, परमिता आर.एल. राणा, नीता ढुंगाना, बुद्धि तामाङलाई देख्न सकिन्छ । यहाँ परमिता र बुद्धिलाई नेगेटिभ भूमिकामा देखाइएको छ । भने, नीता र करणलाई जोडीको रुपमा प्रस्तुत गरिएको छ ।

भारतीय मुलका अभिनेता करण वर्माको एक्सनले ध्यान खिच्न सक्छ । नेपालको तराई क्षेत्रमा छायांकन भएको फिल्मलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । जय मिडिया मेनेजमेन्ट र श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता जय राज राय आँफैले लेखेका हुन् ।

फिल्ममा देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको पनि अभिनय छ । शुशील पोखरेलको पटकथा तथा संवाद रहेको फिल्ममा रायसँगै श्रीदेव बि.एल. र निशा खतिवडा निर्माताको रुपमा रहेको छन् । सारदा खड्का अर्याल सह-निर्माता रहेको फिल्ममा कोशिश क्षेत्री/मानस थापा/अंकित बाबु अधिकारीको संगीत र रामेश्वर कार्कीको छायांकन छ ।

कमेन्ट गर्नुहोस्