राजेशले जाहेर गरे फिल्म खेल्ने ‘ईच्छा’

65 Shares

फिल्म । नेपाली फिल्मनगरी अभिनेता राजेश हमालको नाम विना अपुरो नै छ । फिल्म ‘युग देखि युगसम्म’ मार्फत फिल्मनगरीमा प्रवेश गरेका राजेशले एक छत्र राज गरे । उनलाई हेर्नकै लागि दर्शक घन्टौ लाइन लागेर टिकट लिने गर्थे । यिनै राजेश पछिल्लो समय भने फिल्मबाट टाढिएका छन् । केहि समय अगाडी उनले ‘प्रेम गीत ३’ मा काम गर्ने चर्चा चलेको थियो तर यसले पनि पूर्णता पाएको छैन् ।

निकै आशा गरेका दुई फिल्म ‘बागमती’ र ‘सकुन्तला’ असफल भएपछि नराम्रोसँग हच्किएका राजेशले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस पोष्ट गर्दै फिल्म खेल्ने ईच्छा जाहेर गरेका छन् । आफु फिट रहन दैनिक ब्याम गर्ने राजेशले केहि तस्वीर पोष्ट गर्दै अब फिल्म खेल्नु पर्ला लेखेका छन् । उनको लेखाइबाट फिल्म खेल्ने ईच्छा रहेको जाहेर हुन्छ । उनि नजिकका व्यक्तिलाई पनि आधार मान्ने हो भने राजेश फिल्म खेल्ने मनसायमा छन् । तर , उनले चित्त बुझ्दो कथा भेटेका छैनन् । दशक अगाडी भटाभट फिल्ममा अभिनय गर्ने राजेश पछिल्लो समय भने समय सुहाउदो स्क्रिप्टको खोजिमा छन् ।

Facebook Comments