जोनी इंग्लिशको नयाँ सेरिज ‘स्ट्राइकस अगेन’ (भिडियो)

हलिउडको हिट फ्रेनचाइज मध्यको एक ‘जोनी इंग्लिश’ को नयाँ सेरिज आउने भएको छ । सन् २००३ मा पहिलो सेरिज आएको यस फिल्मको दोस्रो सेरिज सन् २०११ मा रिलिज भएको थियो ।

लण्डनको एमआई सेभेनमा कार्यरत एक जासुसको कथा फिल्ममा देखाइन्छ । जासुसले मिसन सफल पार्न अपनाउने टेक्निकलाई फिल्ममा कमेडी शैलीमा प्रस्तुत गर्ने गरिएको छ । नयाँ सेरिजको नाम स्ट्राइकस अगेन राखिएको छ ।

फिल्ममा अघिल्लो सेरिज झैँ रोउन एटकीन्सनलाई एमआई सेभेन एजेन्टको भूमिकामा देख्न पाइनेछ । फिल्मलाई डेविड केरले निर्देशन गरेका छन् । फिल्म अमेरिकामा २० सेप्टेम्बर र बेलायतमा १२ अक्टुबरमा रिलिज हुनेछ । एजेन्सी

कमेन्ट गर्नुहोस्